
एकिकरण अभियानलाई निरन्तरता दिंदै चन्द्रागिरि साकोस
508SHARES
ललितपुर, ०७७ माघ ११ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सहकारी एकिकरण अभियानलाई निरन्तरता दिएको छ । संस्थाले माघ ९ गते ललितपुरको खुमलटारस्थित शुभतारा बहुउद्धेश्यीय सहकारी संस्थासंग पनि एकीकरणकालागि सम्झौता गरेको हो ।
माघ ९ गते दुवै संस्थाका सञ्चालक र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले एकीकरण कार्यतालिका सार्वजनिक गरेका छन् । यस अघि २०७७ पौष ५ गते दुवै संस्थाविच एकीकरण गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको थियो ।
पछिल्लो विवरण अनुसार चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ३१ करोड र सदस्य संख्या १२ हजार ५ सय र शुभतारा बहुउद्धेश्यीय सहकारीको कुल सम्पत्ति २२ करोड र कुल सदस्य ५ सय जना रहेको छ । चन्द्रागिरि साकोसले यस अघि काठमाडौं जिल्लाको दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था र ललितपुरको रिचमन सहकारी संस्थासंग एकीकरण प्रकृया सम्पन