उद्योग वाणिज्य संघमा चुनाव जित्ने आधार रहेको जोशीको दाबी
दिगो समाचारदाता ललितपुर, १६ पुस २०७७ ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनु भएको छ । अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी २०७७ पुस १७ र १८ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिनु भएको हो । शुक्रबार संघको ४१ औैं वार्षिक साधारण सभा उद्घाटन र शनिबार निर्वाचन हुँदैछ ।
शनिबार हुने निर्वाचनमा जोशी प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । जोशीले आफ्नो घोषणापत्रमा २०५३ सालमा कार्यसमिति सदस्यका रुपमा काम गर्नुभएका जोशीले काम गर्ने क्रममा कोषाध्यक्ष, महासचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ । आफ्नो अनुभव, कार्यसम्पादन नैै चुनावी परिणाम आफ्नो पोल्टामा पर्ने बलियो आधार रहेको जोशीको भनाई छ । ‘आम व्यवसायीहरुको पीर, मर्का मैले बुझेको छु । त्यसको समाधान गर्ने