Wednesday, January 20

सहकारी

ललितपुरका व्यवसायीलाई चुनावी सरगर्मीः न्याछयों समूह बलियो भएको दावी

ललितपुरका व्यवसायीलाई चुनावी सरगर्मीः न्याछयों समूह बलियो भएको दावी

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा जिल्लामा रहेका व्यवसायी चुनाव केन्द्रित हुन थालेका छन् । आसन्न निर्वाचनका लागि मनोजबहादुर न्याछ्यों र भरतलाल जोशी नेतृत्वका दुई समुह प्रतिस्पर्धामा उत्रिएका छन् । न्याछ्योको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य र उपाध्यक्षहरु उद्योग तर्फबाट सुसन महर्जन, वाणिज्य तर्फबाट नारायण गोपाल श्रेष्ठ, संस्थागत तर्फबाट वीरेन्द्रलाल श्रेष्ठको उम्मेवारी परेको छ । महासचिवमा रुपकमान महर्जन र सन्देश महर्जनको उम्मेदवारी परेको छ । म व्यापारमा नै तल्लिन मानिस हुँ, आफ्नै वासलात पल्टाउँछु, व्यापार गर्नेले इमानमा बसेर आफनो व्यवसाय सोच्ने हो, आफ्नो लगानी सुरक्षित गर्ने हो, संस्थामा लागे पछि सबैको हित खोज्ने हो, त्यसको लागि म निर्विकल्प उम्मेदवार हुँ  : न्याछ्यों उनीहरु क्रमशः न्याछ्यों र प्रधान समुहका हुन । कोषाध्यक

नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचिसहित)

नेकपाका जिल्ला अध्यक्ष र सचिव को कता ? (सूचिसहित) ओली समूह ३३ जिल्लामा पदाधिकारीविहीन, १५४ मध्ये ११० जना प्रचण्ड–माधवतिर १६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वैधानिकताको दाबी दुवै समूहले गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पार्टीको नाम र निर्वाचन चिन्ह आफूले पाउने दाबी गरेको छ । अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि आफूहरुसँग केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएकाले पार्टी नाम र निर्वाचन चिन्ह सूर्य आफूहरुले पाउने दाबी गरेको छ । प्रचण्ड–माधव समूहले पार्टी विभाजन अगाडि कायम ४३७ सदस्यीय केन्द्रीय कमिटीका २९७ सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । तर, बहुमत देखाउने प्रयासकै लागि ओली समूहले प्रचण्ड र माधव समूहका नेताहरुसहित समेटेर केन्द्रीय कमिटी संख्या ११९९ पुर्‍याएको छ । साविकको कमिटीभ

उद्योग वाणिज्य संघमा चुनाव जित्ने आधार रहेको जोशीको दाबी

दिगो समाचारदाता ललितपुर, १६ पुस २०७७ ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनु भएको छ । अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी २०७७ पुस १७ र १८ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिनु भएको हो । शुक्रबार संघको ४१ औैं वार्षिक साधारण सभा उद्घाटन र शनिबार निर्वाचन हुँदैछ । शनिबार हुने निर्वाचनमा जोशी प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । जोशीले आफ्नो घोषणापत्रमा २०५३ सालमा कार्यसमिति सदस्यका रुपमा काम गर्नुभएका जोशीले काम गर्ने क्रममा कोषाध्यक्ष, महासचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ । आफ्नो अनुभव, कार्यसम्पादन नैै चुनावी परिणाम आफ्नो पोल्टामा पर्ने बलियो आधार रहेको जोशीको भनाई छ । ‘आम व्यवसायीहरुको पीर, मर्का मैले बुझेको छु । त्यसको समाधान गर्ने
नागरिक समाज तथा स्थानीय च्याम्पियनहरु बीच छलफल

नागरिक समाज तथा स्थानीय च्याम्पियनहरु बीच छलफल

दीपकप्रसाद घिमिरे ललितपुर २०७७ कार्तिक २० गते, बिहिबार स्थानीय तहमा कोभिड १९ ले पारेको असरका बारेमा नागरिक समाजले चासो व्यक्त गरेको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल –इह्रिकनद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत ललितपुर जिल्लाका नागरिक समाज तथा च्याम्पियनहरु बीचको अन्तरक्रिया कार्यक्रममा व्यक्त भएको हो । भर्चुअल रुपमा कार्तिक १९ गते सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय मुद्धाहरुका सवालमा जोड दिइएको इह्रिकनले जानकारी दिएको छ । अन्तरक्रियामा नीतिगत व्यवस्था तथा नागरिक समाज र सञ्चार जगतसँग सहकार्यमा जोड दिइएको इह्रिकनका कार्यक्रम संयोजक पंकज देबकोटाले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय तहका समस्यालाई उजागर गर्नका लागि नागरिक समाजले के कस्तो पहलकदमी गर्न जरुरीे छ भन्ने बारेमा छलफल भएको गैरसरकारी संस्था महासंघ ललितपुरका कोषाध्यक्ष एवम् हेड कोलिसन
समानुपातिक साकोसको १३ आँैं साधारण सभा

समानुपातिक साकोसको १३ आँैं साधारण सभा

पूर्णबहादुर महर्जन दिगो खबर, ललितपुर, २५ असोज २०७७, आइतबार ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित समानुपातिक बचत तथा ऋण सहकारी संस्थाको १३ आँैं वार्षिक साधारणसभा असोज २५ गते आइतबारदेखि सुरु भएको छ । यही कार्तिक ५ गतेसम्म सञ्चालन हुने सभामा सरकारले जारी गरेका मापदण्ड र स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा जोड दिइने संथाका अध्यक्ष बेदनाथ दाहालले जानकारी दिनुभयो । कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै १० दिनसम्म साधारणसभा गर्न लागेको संस्थाले जनाएको छ । साधारणसभाको एक समारोहकाबीच संस्थाका अध्यक्ष बेदनाथ दाहालले उद्घाटन गर्नुभयो । उहाँले सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम प्राथमिकतामा रहेको बताउनु भयो । अध्यक्ष दाहालले सहकारीलाई यस अवस्थासम्म ल्याइ पु¥याउने सबै प्रति आभार व्यक्त गर्दै शेयर सदस्यहरूको विश्वासलाई आगामी दिनमा अझै बलियो बनाउने गरी क्र
प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदानले संस्थागत विकास र सामुदायिक हितमा मद्धत पुग्ने

प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदानले संस्थागत विकास र सामुदायिक हितमा मद्धत पुग्ने

दीपकप्रसाद घिमिरे ललितपुर, २०७७ भदौ २८ गते । प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदानले संस्थागत विकास र सामुदायिक हितमा मद्धत पुग्ने बताएका छन् । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)को समन्वय र गैरसरकारी संस्था महासंघ नेपाल ललितपुरको आयोजनामा २०७७ भदौ २८ गते आयोजित पारस्पारिक जवाफदेहिता परियोजना ललितपुर अन्तर्गतको प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा गैरसरकारी संस्था महासंघ ललितपुरका अध्यक्ष टिकाराम दाहालले कोभिड १९ को संक्रमण फैलन नदिनका लागि सामाजिक दुरी कायम गर्दै सरोकारवाला निकायसँग निरन्तर छलफल गर्दै जानु पर्नेमा जोड दिनु भयो । उहाँले सरकारले ल्याउन लागेको सामाजिक विकास ऐनले नागरिक संस्थाहरुलाई एकीकृत रुपमा सेवा गर्न मद्धत पुग्ने विसाव गर्नु भयो । गैरसरकारी संस्
परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दीपशिखा घिमिरे दिगो खबर २०७७ साउन २९ गते, ललितपुर/राजनीतिक परिवर्तन र पछिल्लो समय कोभिड १९ का कारण सामाजिक भौतिक दुरी कायम गरी सेवा सञ्चालन गर्नु पर्ने अवस्थासँंगै नागरिक समाजको भूमिका समेत वदलिएको ललितपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले औल्याएका छन । मानव अधिकार तथा सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)ले आयोजना गरेको परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका बोल्ने वक्ताहरुले सो कुरा वताएका हुन । देशमा राजनतिक परिवर्तन भएको औल्याउदै अब नागरिक समाजले जनताको हक अधिकारको विषयमा वकालत गर्दै राज्यसँंग मिलेर जानु पर्ने एफएचआई थ्रि सिक्टिका प्रतिनिधि भोला भट्टराईको सुझाव थियो । नागरिक समाजको रचनात्मक र आलोचनात्मक सहयोग अझै वढेर गएको भट्टराईको भनाई थियो । उहाँले ललितपुरमा कृषि कर्ममा आकर्षण बढ्नु र घरेलु हिंसा पनि बढ्नुलाई अध्ययन गरी स्थानीय सरकारको ध्
नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवसमा कोभिड १९ बारे सचेतना जगाइयो

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवसमा कोभिड १९ बारे सचेतना जगाइयो

दिगो समाचारदाता ललितपुर, २०७७ असार २३ गते नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवस मनाइएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ–२०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको प्रमुख आतिथ्यता, संघका अध्यक्ष पूर्णबहादुर महर्जनको सभाध्यक्षता र संघका सचिव समिल प्रजापतिको सञ्चालनमा सम्पन्न समारोहमा कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको थियो । कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक प्रशिक्षण दिनु हुँदै स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलाल नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ–२०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यले ललितपुरका व्यवसायीहरुले सामाजिक सद्भाव, एकता र भ्रातृत्व, मातृत्व र बन्धुत्वको भावनालाई उदाहरणीयरुपमा व्यवहारमा उतारेको बताउनु भयो । उहाँल पेशा
महालक्ष्मी प्याब्साद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

महालक्ष्मी प्याब्साद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

दिगो समाचारदाता ललितपुर २०७७ असार १८ गते, महालक्ष्मी नगर प्याब्सनको आयोजना र पिनाकल कलेज, लगनखेलको सहकार्यमा विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । महालक्ष्मी नगरपालिका भित्र रहेका माध्यमिक तहको पठनपाठन गर्ने संस्थागत विद्यालयहरुलाई असार १८ गते बिहिबार महालक्ष्मी नगरपालिका वडा नं.८ लुभुस्थित नमूना माविको प्राङ्गणमा महालक्ष्मी महालक्ष्मी प्याव्सनका अध्यक्ष के.के. मल्लको सभाध्यक्षता, नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्य र महालक्ष्मी नगर प्याब्सनका उपाध्यक्ष आरबि गिरीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य सामग्री प्रदान गरिएको सचिव एकराज कोइरालाले बताउनु भयो । कोभिड १९ बाट संक्रमित यस विषम परिस्थितिमा बाँच र बचाउको नीति अन्तर्गत महालक्ष्मी नगर प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई सामाग्री दिइएको हो । विद्यापुञ्ज मावि, वेष्ट विङ मावि