Tuesday, August 11

मनोरञ्‍जन

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवसमा कोभिड १९ बारे सचेतना जगाइयो

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवसमा कोभिड १९ बारे सचेतना जगाइयो

दिगो समाचारदाता ललितपुर, २०७७ असार २३ गते नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवस मनाइएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ–२०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको प्रमुख आतिथ्यता, संघका अध्यक्ष पूर्णबहादुर महर्जनको सभाध्यक्षता र संघका सचिव समिल प्रजापतिको सञ्चालनमा सम्पन्न समारोहमा कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको थियो । कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक प्रशिक्षण दिनु हुँदै स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलाल नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ–२०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यले ललितपुरका व्यवसायीहरुले सामाजिक सद्भाव, एकता र भ्रातृत्व, मातृत्व र बन्धुत्वको भावनालाई उदाहरणीयरुपमा व्यवहारमा उतारेको बताउनु भयो । उहाँल पेशा
महालक्ष्मी प्याब्साद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

महालक्ष्मी प्याब्साद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

दिगो समाचारदाता ललितपुर २०७७ असार १८ गते, महालक्ष्मी नगर प्याब्सनको आयोजना र पिनाकल कलेज, लगनखेलको सहकार्यमा विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । महालक्ष्मी नगरपालिका भित्र रहेका माध्यमिक तहको पठनपाठन गर्ने संस्थागत विद्यालयहरुलाई असार १८ गते बिहिबार महालक्ष्मी नगरपालिका वडा नं.८ लुभुस्थित नमूना माविको प्राङ्गणमा महालक्ष्मी महालक्ष्मी प्याव्सनका अध्यक्ष के.के. मल्लको सभाध्यक्षता, नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्य र महालक्ष्मी नगर प्याब्सनका उपाध्यक्ष आरबि गिरीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य सामग्री प्रदान गरिएको सचिव एकराज कोइरालाले बताउनु भयो । कोभिड १९ बाट संक्रमित यस विषम परिस्थितिमा बाँच र बचाउको नीति अन्तर्गत महालक्ष्मी नगर प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई सामाग्री दिइएको हो । विद्यापुञ्ज मावि, वेष्ट विङ मावि
बागमती गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार

बागमती गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार

दिगो समाचारदाता ललितपुर २०७७ असार ९ गते बागमती गाउँपालिका ललितपुरले आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित बजेट प्रस्तुत गरेको छ । असार ९ गते गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले ४२ करोड ५६ लाख ३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको हो । बागमती गाऊपालिकाको साताँै गाउँसभामा उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिनाले बजेट पेश गर्नु भएको छ भने गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नु भयो । आगामी आर्थिक वर्ष बागमती गाऊपालिकाले निकै लोकप्रिय कार्यक्रम तय गरेको छ । गाउँपालिकाले पर्यटन विकास कार्यक्रम राडर क्षेत्र पर्यटन विकास कार्यक्रम सञ्चालन जनाएको छ । तिनपाने भन्ज्याङ तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका स्तरिय अस्पताल निर्माण सम्पन्न गर्ने नीति लिएको गाउँपालिकाले बैदेशिक रोजगारबाट फर्केर आउने
महालक्ष्मी नगरपालिकाले कर वृद्धि नगर्ने घोषणा

महालक्ष्मी नगरपालिकाले कर वृद्धि नगर्ने घोषणा

दिगो समाचारदाता ललितपुर २०७७ असार ९ गते महालक्ष्मी नगरपालिका, ललितपुरले २०७७ असार ८ गतेदेखि १० गतेसम्म तीन दिनको कार्यसूचि सहित आठौँ नगरसभा सञ्चालन गरिरहेको छ । बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको सभाको पहिलो दिन नगर प्रमुख रामेश्वर श्रेष्ठले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रममा विशेषत कोभिड– १९ को रोकथाम तथा नियन्त्रणमा विशेष जोड दिइएको छ । महालक्ष्मीको पहिलो नगर सभाबाट स्वीकृत पाँच वर्षे नगर विकास कार्ययोजना कार्यान्वयनमा सिमित श्रोतसाधनका वावजुत पनि लक्ष्य उन्मुख रहि निरन्तरता दिइने बताइएको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकरणमा जोड दिइने उल्लेख छ । युवा रोजगारी र उद्यामशीलतामा केन्द्रित रही सहजीकरण र सहयोग गरि
महालक्ष्मी प्याब्सनको भर्चुअल अन्तरक्रिया सहयोग र सहकार्यमा जोड

महालक्ष्मी प्याब्सनको भर्चुअल अन्तरक्रिया सहयोग र सहकार्यमा जोड

दीपकप्रसाद घिमिरे ललितपुर, २०७७ जेठ २ २ गते संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ । ललितपुरस्थित महालक्ष्मी नगर प्याब्सनले २०७७ जेठ २ २ गते बिहिबार आयोजित अन्तरक्रियात्मक प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रमका वक्ताहरुले सो धारणा राखेका हुन । जुम प्रविधिबाट आयोजित प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, प्याब्सन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँ, प्याब्सन बागमती प्रदेशका अध्यक्ष थकिन कुमार गुरुङगायतले संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष केके मल्लको सभाध्यक्षता र अग्रज शिक्षासेवी एवम् महालक्ष्मी नगर प्याब्सनका सल्लाहकार गोपालप्रसाद घिमिरेले सञ्चालन गर्नु भएको कार्यक्रम चार घण्टासम्म सञ्चालन भएको महालक्ष्मी नगर प्याब्सन
महालक्ष्मी प्याब्सनले भर्चुअल अन्तरक्रिया गर्दै

महालक्ष्मी प्याब्सनले भर्चुअल अन्तरक्रिया गर्दै

दिगो समाचारदाता ललितपुर, २०७७ जेठ २१ गते ललितपुरस्थित महालक्ष्मी नगर प्याब्सनले २०७७ जेठ २२ गते बिहिबार अपरान्ह ४ बजे अन्तरक्रियात्मक प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । जुम प्रविधिबाट प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रम गर्ने महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष केके मल्लले जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण बदलिएको अवस्थामा सामुदायिक र निजी विद्यालयका नेतृत्व तथा स्थानीय तहको भूमिकाका विषयमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा गर्न लागेको जानकारी दिनुभयो । प्रशिक्षणमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँ, प्याब्सन वागमती प्रदेश अध्यक्ष थकिनकुमार गुरुङ, लिडरसिप लर्निङ कम्युनिटी नेपालका संयोजक चेतराज पन्त, पर्सनल माष्टरी नेपालका जीवन प्रशिक्षक आरके ढुगानालगायत रहनु हुने भएको छ । प्रशिक्षणमा महालक्

भोली दिउँसो सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने

भोली बिहीबार दिउँसो सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्नेभएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट भाषण प्रस्तुत गर्नुहुने भएको छ ।  संवैधानिक व्यवस्था अनुसार हरेक बर्षको जेठ १५ गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । ४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गर्नुभएको छ । बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ।

सीमा क्षेत्रका नागरिकको मानव अधिकार अवस्था बारे अनुगमन प्रतिवेदन सार्वजनिक

ललितपुर २०७७ जेठ १२ गते अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको मानव अधिकार अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले मित्र राष्ट्रसँग जोडिएका ४० जिल्लाका सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार अवस्था प्रतिवेदन जेठ १२ गते सार्वजनिक गरेको हो । अनुगमन प्रतिवेदनका आधारमा उनीहरूको अधिकार संरक्षणको लागि नेपाल सरकार र प्रदेश सरकारहरूलाई आवश्यक सिफारिस पठाइएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईले जानकारी दिनु भयो । आयोगका सदस्यद्वय गोविन्द शर्मा पौड्याल र मोहना अन्सारीसहितको अनुगमन टोलीले भारत र चीनसँग सिमाना जोडिएका २८ जिल्लामा २०७२ सालदेखि २०७६ सालसम्म स्थलगत अध्ययन गरेको आयोगले जनाएको छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय सीमास्तम्भ, सीमा क्षेत्रमा निर्मित बाँध, सडक, तटबन्ध र राष्ट्रिय निकुञ्ज एव

एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोकः आयोग

दीपशिखा घिमिरे ललितपुर २०७७ जेठ १० गते नेपाल सरकारबाट साठी वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएकोमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । विश्वव्यापी रुपमा पैmलिरहेको कोभिड–१९ बाट नेपाल समेत प्रभावित भएको अवस्थामा सरकारको सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रमले उक्त समुदायमा आर्थिक र सामाजिक रुपमा सकारात्मक प्रभाव पर्ने २०७७ जेठ १० गते आयोगले विज्ञप्तीमार्पmत जनाएको छ । उनीहरुमाथि हुने विभेदजन्य व्यवहार तथा हिंसामा केही कमी हुने देखिएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराइले बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग हालको विषम परिस्थितिमा सरकारबाट राहतलगायत सामाजिक सुरक्षाका थप कार्यक्रमहरु घोषणा भै कार्यान्वयन हुनुपर्नेमा विगतमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्
महालक्ष्मी नगरमा बेरोजगार श्रमिकलाई श्रमबैँकमा समेटिँदैै

महालक्ष्मी नगरमा बेरोजगार श्रमिकलाई श्रमबैँकमा समेटिँदैै

दिगो समाचारदाताललितपुर २०७७ जेठ ८ गते महालक्ष्मी नगरपालिका, ललितपुरले बेरोजगार श्रमिकलाई श्रमसँग जोडिरहेको छ । सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मजदुरहरुलाई श्रमसँग जोड्ने योजनाअनुरुप सञ्चालन भएको महालक्ष्मी नगरपालिकाले जनाएको छ । श्रम बैंकमार्फत बेरोजगारलाई काममा लगाइएको नगरप्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले जेठ ७ गतेदेखि वडा नं. ९, लामाटारस्थित घिमिरेथोकबाट देउराली जाने सडकको ड्रेन खोल्ने काम श्रमिकहरुले गरिहेका छन् । यसैगरी, वडा नम्बर ८ अन्तरगतको लुभु–डाँडाथोक बाटोको स्तरोन्नतीका लागि ठेकदारसँग समन्वय गरी लकडाउनका कारण मर्कामा परेका बेरोजगार दैनिक ज्यालादारी श्रमिकहरुलाई रोजगारी दिन लगाइएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो । आगामी दिनमा सार्वजनिक विकास निर्माणका कार्यहरुमा श्रम बैंकमा आबद्ध बेरोजगार श्रमिकहरूलाई श्रमसँग जोड्दै लगिने नगरप्रमुख श्