
ललितपुरका व्यवसायीलाई चुनावी सरगर्मीः न्याछयों समूह बलियो भएको दावी
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा जिल्लामा रहेका व्यवसायी चुनाव केन्द्रित हुन थालेका छन् । आसन्न निर्वाचनका लागि मनोजबहादुर न्याछ्यों र भरतलाल जोशी नेतृत्वका दुई समुह प्रतिस्पर्धामा उत्रिएका छन् । न्याछ्योको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य र उपाध्यक्षहरु उद्योग तर्फबाट सुसन महर्जन, वाणिज्य तर्फबाट नारायण गोपाल श्रेष्ठ, संस्थागत तर्फबाट वीरेन्द्रलाल श्रेष्ठको उम्मेवारी परेको छ । महासचिवमा रुपकमान महर्जन र सन्देश महर्जनको उम्मेदवारी परेको छ ।
म व्यापारमा नै तल्लिन मानिस हुँ, आफ्नै वासलात पल्टाउँछु, व्यापार गर्नेले इमानमा बसेर आफनो व्यवसाय सोच्ने हो, आफ्नो लगानी सुरक्षित गर्ने हो, संस्थामा लागे पछि सबैको हित खोज्ने हो, त्यसको लागि म निर्विकल्प उम्मेदवार हुँ : न्याछ्यों
उनीहरु क्रमशः न्याछ्यों र प्रधान समुहका हुन । कोषाध्यक