Thursday, October 1

अर्थतन्त्र

भोली दिउँसो सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने

भोली बिहीबार दिउँसो सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्नेभएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट भाषण प्रस्तुत गर्नुहुने भएको छ ।  संवैधानिक व्यवस्था अनुसार हरेक बर्षको जेठ १५ गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । ४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गर्नुभएको छ । बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ।

सलहको रोकथाम तथा नियन्त्रणका लागि प्राविधिक समिति गठन

सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ। यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए। उनले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताए। उनले भने ‘प्राविधिक समितिले अहिले अध्ययन गर्दै छ। भारतबाट नेपालमा
हावाहुरीका कारण दक्षिण ललितपुरमा अर्को बिपद्

हावाहुरीका कारण दक्षिण ललितपुरमा अर्को बिपद्

दिगो समाचारदाताललितपुर, २०७७ जेठ १३ गते मङ्गलबारहावाहुरीले गर्दा दक्षिण ललितपुरमा अर्को बिपद् आएको छ । विशेष गरी महाँकाल गाउँपालिकाको वडा नं. ६, ठुलादुर्लुङ र बागमती गाउँपालिका वडा नम्बर ७ गिम्दीको जनजीवन प्रभावित भएको स्थानीयवासीले बताएका छन् । ठुलादुर्लुङस्थित श्री ५ महेन्द्र मावि र ज्वालादेवी आधारभूत विद्यालयको उडाएको छानो जेठ १३ गते साँझपख आएको हावाहुरीले महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङस्थित श्री ५ महेन्द्र मावि र ज्वालादेवी आधारभूत विद्यालयको छानो उडाएको छ भने स्थानीयवासीको घरगोठको छानो उडाएको छ । वडा अध्यक्ष रामकृष्ण आचार्यका अनुसार दर्जनौ घरमा समेत क्षति पुगेको छ । बागमती गाउँपालिका वडा नम्बर ७ गिम्दीका कृष्ण बलले दिएको जानकारी अनुसार यो समाचार तयार पर्दासम्म गिम्दीका ४ वटा घरको छानो उडाएको छ भने पाँच वटा टहरा तथा गोठमा क्षति पुगेको छ । यस्तै बागमती गाउँपालिका वडा
धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास

धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास

दीपशिखा घिमिरे २०७७ साल जेठ १३ गते, मङ्गलबार ललितपुर/ललितपुर महानगरपालिका–२४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको सङ्ख््या वृद्धि हुने अनुमानसहित उक्त भवन शिलान्यास गरिएको मानव सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो । धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गर्दै ललितपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका सदस्य पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका सदस्य पम्फा भुसाल र महानगरपालिकाका उपप्रमुख गीता सत्यालले २०७७ जेठ १२ गते सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभएको हो । यस चालू आर्थिक वर्षमा सांसद विकास कोषबाट आश्रम निर्माणका लागि १० लाख रुपियाँ विनियोजन भएको सांसद भुषालले बताउनु भयो । ललितपुर महानगरपालिकाका उपप्रमुख सत्यालले आश्रम निर्माणमा महानगरपालिकाले साथ र समर्थन दि

सीमा क्षेत्रका नागरिकको मानव अधिकार अवस्था बारे अनुगमन प्रतिवेदन सार्वजनिक

ललितपुर २०७७ जेठ १२ गते अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको मानव अधिकार अवस्था सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले मित्र राष्ट्रसँग जोडिएका ४० जिल्लाका सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार अवस्था प्रतिवेदन जेठ १२ गते सार्वजनिक गरेको हो । अनुगमन प्रतिवेदनका आधारमा उनीहरूको अधिकार संरक्षणको लागि नेपाल सरकार र प्रदेश सरकारहरूलाई आवश्यक सिफारिस पठाइएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईले जानकारी दिनु भयो । आयोगका सदस्यद्वय गोविन्द शर्मा पौड्याल र मोहना अन्सारीसहितको अनुगमन टोलीले भारत र चीनसँग सिमाना जोडिएका २८ जिल्लामा २०७२ सालदेखि २०७६ सालसम्म स्थलगत अध्ययन गरेको आयोगले जनाएको छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय सीमास्तम्भ, सीमा क्षेत्रमा निर्मित बाँध, सडक, तटबन्ध र राष्ट्रिय निकुञ्ज एव

एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोकः आयोग

दीपशिखा घिमिरे ललितपुर २०७७ जेठ १० गते नेपाल सरकारबाट साठी वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएकोमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । विश्वव्यापी रुपमा पैmलिरहेको कोभिड–१९ बाट नेपाल समेत प्रभावित भएको अवस्थामा सरकारको सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रमले उक्त समुदायमा आर्थिक र सामाजिक रुपमा सकारात्मक प्रभाव पर्ने २०७७ जेठ १० गते आयोगले विज्ञप्तीमार्पmत जनाएको छ । उनीहरुमाथि हुने विभेदजन्य व्यवहार तथा हिंसामा केही कमी हुने देखिएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराइले बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग हालको विषम परिस्थितिमा सरकारबाट राहतलगायत सामाजिक सुरक्षाका थप कार्यक्रमहरु घोषणा भै कार्यान्वयन हुनुपर्नेमा विगतमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्
इन्सेकको पहलमा अलपत्र मजदुरको उद्धार

इन्सेकको पहलमा अलपत्र मजदुरको उद्धार

विमला पौडेल काठमाडौँ २०७७ जेठ १० गते कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अलपत्र परेका मजदुहरूलाई इन्सेकको पहलमा उद्धार गरिएको छ । इन्सेकको लोगो काभ्रे जिल्लाको रोशी गाउँपालिकाको नार्केको एक क्रसर उद्योगमा ज्यामी काम गर्दै आइरहेका जाजरकोट जिल्लाको भेरी नगरपालिका–७ पुन्मा घर भएका सात जना मजदुरहरूलाई जेठ ६ गते काठमाडौँको नयाँबसपार्क गोगंबुबाट उद्वार गरिएको हो । यसरी उद्धार गरिएकाहरूमा ३५ वर्षीय मदनकुमार शाही, २९ वर्षीय हरिबहादुर शाही, २७ वर्षीय गोपालबहादुर शाही, ३१ वर्षीय जंगबहादुर शाही, २८ वर्षीय वीरबहादुर शाही र ४० वर्षीय कृष्णबहादुर सिंह रहेका छन् । काम गर्दै आएको ठाउँमा काम बन्द भएको र ठेकेदारले खाने तथा बस्ने व्यवस्था नगरेको र पैसा पनि नदिएक
महालक्ष्मी नगरमा बेरोजगार श्रमिकलाई श्रमबैँकमा समेटिँदैै

महालक्ष्मी नगरमा बेरोजगार श्रमिकलाई श्रमबैँकमा समेटिँदैै

दिगो समाचारदाताललितपुर २०७७ जेठ ८ गते महालक्ष्मी नगरपालिका, ललितपुरले बेरोजगार श्रमिकलाई श्रमसँग जोडिरहेको छ । सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मजदुरहरुलाई श्रमसँग जोड्ने योजनाअनुरुप सञ्चालन भएको महालक्ष्मी नगरपालिकाले जनाएको छ । श्रम बैंकमार्फत बेरोजगारलाई काममा लगाइएको नगरप्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले जेठ ७ गतेदेखि वडा नं. ९, लामाटारस्थित घिमिरेथोकबाट देउराली जाने सडकको ड्रेन खोल्ने काम श्रमिकहरुले गरिहेका छन् । यसैगरी, वडा नम्बर ८ अन्तरगतको लुभु–डाँडाथोक बाटोको स्तरोन्नतीका लागि ठेकदारसँग समन्वय गरी लकडाउनका कारण मर्कामा परेका बेरोजगार दैनिक ज्यालादारी श्रमिकहरुलाई रोजगारी दिन लगाइएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो । आगामी दिनमा सार्वजनिक विकास निर्माणका कार्यहरुमा श्रम बैंकमा आबद्ध बेरोजगार श्रमिकहरूलाई श्रमसँग जोड्दै लगिने नगरप्रमुख श्
काली नदीको मुहान लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा स्वीकृत

काली नदीको मुहान लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा स्वीकृत

दिगो समाचारदाता ललितपुर २०७७ जेठ ७ गते सरकारले काली नदीको मुहान लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ ।  यसअघि लिपुलेक र कालापानी क्षेत्र भएको मात्र नक्सा प्रयोगमा आएकोमा विरोध हुँदै आएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सीमा लिम्पियाधुरासहितको नक्सा स्वीकृत गरेको हो ।  भूमिसुधार मन्त्रालयले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भएको नक्सा बनाएर पेस गरेको थियो । सो नक्सालाई सरकारले जारी गर्ने निर्णय गरेको हो ।  हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा हस्तक्षेप गरी भारतले तिब्बतको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालको लिम्पियाधुरासहितको नक्सा जारी गर्न दबाब परेको थियो ।  भूमिसुधार तथा व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको पश्चिमी सीमा लिम्पियाधुरासहितको क्षेत्र भएको नक्सा प्रचलनमा ल्याउ
सकरात्मकरुमा समाचार सम्प्रषेणमा जोड

सकरात्मकरुमा समाचार सम्प्रषेणमा जोड

दिगो समाचारदाता ललितपुर २०७७ जेठ ७ गते समुदायमा कोभिड १९ को सन्त्रासका कारण नकरात्मक असर पर्न गइ मानसिक समस्या आउन सक्नेमा नागरिक समाजका अगुवाहरुले ध्यानाकर्षण गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा २०७७ जेठ ७ गते भएको भर्चुअल अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो धारणा राखेका हुन । इन्सेकका निर्देशक श्रीराम बजगाईले कोभिड १९ का कारण बन्दाबन्दिको अवस्थामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकार पत्रकार र नागरिक अधिकारकर्मीहरुले खेलिरहेको भूमिका बारे जानकारी आदानप्रदान गर्न भर्चुअल अन्तरक्रिया गरिएको बताउनु भयो । कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिंतानले समाजलाई उत्तेजित गर्ने र आबेग सिर्जना गर्नेभन्दा समस्या समाधान हुने दृष्टिले समाचार सम्प्रेषण हुनु पर्ने खाँचो औँल्याउनु भयो । उहाँले केही दिन पहिले कोन्ज्योसोममा कोभि