Thursday, October 1

Author: Digo Khabar

प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदानले संस्थागत विकास र सामुदायिक हितमा मद्धत पुग्ने

प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदानले संस्थागत विकास र सामुदायिक हितमा मद्धत पुग्ने

दीपकप्रसाद घिमिरे ललितपुर, २०७७ भदौ २८ गते । प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदानले संस्थागत विकास र सामुदायिक हितमा मद्धत पुग्ने बताएका छन् । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)को समन्वय र गैरसरकारी संस्था महासंघ नेपाल ललितपुरको आयोजनामा २०७७ भदौ २८ गते आयोजित पारस्पारिक जवाफदेहिता परियोजना ललितपुर अन्तर्गतको प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा गैरसरकारी संस्था महासंघ ललितपुरका अध्यक्ष टिकाराम दाहालले कोभिड १९ को संक्रमण फैलन नदिनका लागि सामाजिक दुरी कायम गर्दै सरोकारवाला निकायसँग निरन्तर छलफल गर्दै जानु पर्नेमा जोड दिनु भयो । उहाँले सरकारले ल्याउन लागेको सामाजिक विकास ऐनले नागरिक संस्थाहरुलाई एकीकृत रुपमा सेवा गर्न मद्धत पुग्ने विसाव गर्नु भयो । गैरसरकारी संस्
परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दीपशिखा घिमिरे दिगो खबर २०७७ साउन २९ गते, ललितपुर/राजनीतिक परिवर्तन र पछिल्लो समय कोभिड १९ का कारण सामाजिक भौतिक दुरी कायम गरी सेवा सञ्चालन गर्नु पर्ने अवस्थासँंगै नागरिक समाजको भूमिका समेत वदलिएको ललितपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले औल्याएका छन । मानव अधिकार तथा सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)ले आयोजना गरेको परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका बोल्ने वक्ताहरुले सो कुरा वताएका हुन । देशमा राजनतिक परिवर्तन भएको औल्याउदै अब नागरिक समाजले जनताको हक अधिकारको विषयमा वकालत गर्दै राज्यसँंग मिलेर जानु पर्ने एफएचआई थ्रि सिक्टिका प्रतिनिधि भोला भट्टराईको सुझाव थियो । नागरिक समाजको रचनात्मक र आलोचनात्मक सहयोग अझै वढेर गएको भट्टराईको भनाई थियो । उहाँले ललितपुरमा कृषि कर्ममा आकर्षण बढ्नु र घरेलु हिंसा पनि बढ्नुलाई अध्ययन गरी स्थानीय सरकारको ध्
नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवसमा कोभिड १९ बारे सचेतना जगाइयो

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवसमा कोभिड १९ बारे सचेतना जगाइयो

दिगो समाचारदाता ललितपुर, २०७७ असार २३ गते नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवस मनाइएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ–२०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको प्रमुख आतिथ्यता, संघका अध्यक्ष पूर्णबहादुर महर्जनको सभाध्यक्षता र संघका सचिव समिल प्रजापतिको सञ्चालनमा सम्पन्न समारोहमा कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको थियो । कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक प्रशिक्षण दिनु हुँदै स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलाल नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ–२०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यले ललितपुरका व्यवसायीहरुले सामाजिक सद्भाव, एकता र भ्रातृत्व, मातृत्व र बन्धुत्वको भावनालाई उदाहरणीयरुपमा व्यवहारमा उतारेको बताउनु भयो । उहाँल पेशा
महालक्ष्मी प्याब्साद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

महालक्ष्मी प्याब्साद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

दिगो समाचारदाता ललितपुर २०७७ असार १८ गते, महालक्ष्मी नगर प्याब्सनको आयोजना र पिनाकल कलेज, लगनखेलको सहकार्यमा विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । महालक्ष्मी नगरपालिका भित्र रहेका माध्यमिक तहको पठनपाठन गर्ने संस्थागत विद्यालयहरुलाई असार १८ गते बिहिबार महालक्ष्मी नगरपालिका वडा नं.८ लुभुस्थित नमूना माविको प्राङ्गणमा महालक्ष्मी महालक्ष्मी प्याव्सनका अध्यक्ष के.के. मल्लको सभाध्यक्षता, नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्य र महालक्ष्मी नगर प्याब्सनका उपाध्यक्ष आरबि गिरीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य सामग्री प्रदान गरिएको सचिव एकराज कोइरालाले बताउनु भयो । कोभिड १९ बाट संक्रमित यस विषम परिस्थितिमा बाँच र बचाउको नीति अन्तर्गत महालक्ष्मी नगर प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई सामाग्री दिइएको हो । विद्यापुञ्ज मावि, वेष्ट विङ मावि
बागमती गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार

बागमती गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार

दिगो समाचारदाता ललितपुर २०७७ असार ९ गते बागमती गाउँपालिका ललितपुरले आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित बजेट प्रस्तुत गरेको छ । असार ९ गते गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले ४२ करोड ५६ लाख ३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको हो । बागमती गाऊपालिकाको साताँै गाउँसभामा उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिनाले बजेट पेश गर्नु भएको छ भने गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नु भयो । आगामी आर्थिक वर्ष बागमती गाऊपालिकाले निकै लोकप्रिय कार्यक्रम तय गरेको छ । गाउँपालिकाले पर्यटन विकास कार्यक्रम राडर क्षेत्र पर्यटन विकास कार्यक्रम सञ्चालन जनाएको छ । तिनपाने भन्ज्याङ तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका स्तरिय अस्पताल निर्माण सम्पन्न गर्ने नीति लिएको गाउँपालिकाले बैदेशिक रोजगारबाट फर्केर आउने
महालक्ष्मी नगरपालिकाले कर वृद्धि नगर्ने घोषणा

महालक्ष्मी नगरपालिकाले कर वृद्धि नगर्ने घोषणा

दिगो समाचारदाता ललितपुर २०७७ असार ९ गते महालक्ष्मी नगरपालिका, ललितपुरले २०७७ असार ८ गतेदेखि १० गतेसम्म तीन दिनको कार्यसूचि सहित आठौँ नगरसभा सञ्चालन गरिरहेको छ । बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको सभाको पहिलो दिन नगर प्रमुख रामेश्वर श्रेष्ठले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रममा विशेषत कोभिड– १९ को रोकथाम तथा नियन्त्रणमा विशेष जोड दिइएको छ । महालक्ष्मीको पहिलो नगर सभाबाट स्वीकृत पाँच वर्षे नगर विकास कार्ययोजना कार्यान्वयनमा सिमित श्रोतसाधनका वावजुत पनि लक्ष्य उन्मुख रहि निरन्तरता दिइने बताइएको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकरणमा जोड दिइने उल्लेख छ । युवा रोजगारी र उद्यामशीलतामा केन्द्रित रही सहजीकरण र सहयोग गरि

स्वेच्छाचारी गिरफ्तारी र गैरकानुनी थुनामा राख्ने कार्य बन्द गर्न आयोगको आग्रह

ललितपुर    ०७७ जेठ २५ गते कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रूपमा गिरफ्तार नगर्न तथा गैह्रकानुनी थुनामा राख्ने कार्य बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले जेठ २५ गते विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको जनाएको हो ।  खोटाङ जिल्ला हलेसी तुवाचुङ्ग नगरपालिका–२ बस्ने चक्रबहादुर खत्री आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा आयोग परिसर हरिहर भवनबाट जेठ २५ गते रिहा हुनु भएको जनाइएको छ । सर्वोच्च अदालतको जेठ २३ गतेको  आदेश बमोजिम खत्रीलाई रिहा गरिएको हो । उहाँलाई ०७६ वैशाख २ देखि हालसम्म ६ पटक नेपाल प्रहरीले स्वेच्छाचारी रूपमा पटकपटक गिरफ्तार गरेको आयोगले जनाएको छ । खत्रीलाई लकडाउनको अवधिमा समेत खोटाङ, उदयपुर, पुनः खोटाङ र सोलुखुम्बु हुँदै सिराहा पुर्‍याएकोमा प्रवृत्त भावना राखी गैह्रकानुनी थुनामा राखेको ठहर गर्दै सर्वो
द्वन्द्व पीडितहरूको न्यायको सुनिश्चिता गरः इन्सेक

द्वन्द्व पीडितहरूको न्यायको सुनिश्चिता गरः इन्सेक

दिगो समाचारदाता ललितपुर, २०७७ जेठ २५ गते लामो समयदेखि न्यायको पखाईमा रहेका द्वन्द्व पीडितहरूको न्यायको सुनिश्चिता गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सरकारसँग माग गरेको छ । इन्सेकका बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमले जेठ २४ गते एक विज्ञप्ति प्रकाशन गरि सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका पीडितले लामो समयदेखि न्यायको पर्खाइमा रहेको उल्लेख गरिएको छ । चितवनको बकुलहरचोकमा गोरखाको फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको तत्कालीन विद्रोही माओबादीबाट हत्या भएको १६ वर्ष पूरा भएको छ । छोराको हत्यामा संलग्नलाई कारबाही गरी न्यायप्राप्तिका लागि पटकपटक आमरण अनसन बसेका अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामायामध्ये बुबा नन्दप्रसादको अनसन बसेकै अबस्थामा मृत्यु भएको पाँच वर्ष पुगिसकेको छ । आमा गंगामायाको न्याय
महालक्ष्मी प्याब्सनको भर्चुअल अन्तरक्रिया सहयोग र सहकार्यमा जोड

महालक्ष्मी प्याब्सनको भर्चुअल अन्तरक्रिया सहयोग र सहकार्यमा जोड

दीपकप्रसाद घिमिरे ललितपुर, २०७७ जेठ २ २ गते संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ । ललितपुरस्थित महालक्ष्मी नगर प्याब्सनले २०७७ जेठ २ २ गते बिहिबार आयोजित अन्तरक्रियात्मक प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रमका वक्ताहरुले सो धारणा राखेका हुन । जुम प्रविधिबाट आयोजित प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, प्याब्सन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँ, प्याब्सन बागमती प्रदेशका अध्यक्ष थकिन कुमार गुरुङगायतले संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष केके मल्लको सभाध्यक्षता र अग्रज शिक्षासेवी एवम् महालक्ष्मी नगर प्याब्सनका सल्लाहकार गोपालप्रसाद घिमिरेले सञ्चालन गर्नु भएको कार्यक्रम चार घण्टासम्म सञ्चालन भएको महालक्ष्मी नगर प्याब्सन

जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न आयोगको आग्रह

Uncategorized
दिगो समाचारदाताललितपुर, २०७७ जेठ २१ गते नेपालको संविधानले प्रत्येक व्यक्तिको छुवाछूत तथा भेदभाव विरुद्धको हकलगायतका अधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न आयोगले आग्रह गरेको छ । नेपाल सरकारले ०६३ साल जेठ २१ गते नेपाललाई जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष पूरा भएको अवसरमा आयोगले जेठ २१ गते विज्ञप्ति प्रकाशित गरि नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, न्याय सम्बन्धी हक, दलितको हक, सामाजिक न्यायको हक, समानताको हकलगायतको सुनिश्चितता गरेको उल्लेख गरेको छ । जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ ले समेत यस्