जयकृष्ण बोगटी ललितपुरको नेपाली कांग्रेसको राजनीतिमा सक्रिय युवा ब्यक्तिको रुपमा परिचित हुनुहुन्छ । उहाँको जन्म वि.सं.२०३६ साल साउन ४ गते ललितपुर जिल्ला साविक लामाटार गाविस वडा नं. ४, ज्यागटामा बुबा स्व.भैरबबहादुर र आमा गीता बोगटीको कोखबाट भएको हो । महालक्ष्मी उच्च मावि लुभुबाट २०५२ सालमा एसएलसी गर्नु भएका बोगटीले महालक्ष्मी क्याम्पस, लुभुबाट व्यवस्थापन संकायमा प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गर्नु भएको छ । क्याम्पस अध्ययनसँगै नेपाल विद्यार्थी संघमा आबद्ध भइ राजनीतिमा सक्रिय बोगटीले वि.सं. २०६१/ ०६२ सालदेखि नेपाली काँग्रेसमा सक्रिय हुँदै २०६७ सालदेखि नेपाली कांग्रेस लामाटार गाउँ कार्य समितिको सभापतिको जिम्मेवारी बहन गर्नु भएको थियो ।

काँग्रेस सभापति बोगटीले लामाटारको सर्वदलीय संयन्त्रमा रहेर विभिन्न विकास र पूर्वाधार निर्माणका निणर्यहरु गराउन सक्रिय भूमिका खेल्नु भएको लामाटारवासी बताउँछन् । राजनीतिका साथै आर्थिक, सामाजिक, सांँस्कृतिक रुपान्तरणमा कृषि, सहकारी र लेखापढी व्यवसाय समेत गर्दै आउनु भएका बोगटी २०६८ सालमा लामाटारस्थित श्री विकाशशील बचत तथा ऋण सहकारी संस्था स्थापना गरी अध्यक्षको जिम्मेवारी बहन गर्दै आउनु भएको छ । बोगटी सहकारीमार्पmत आर्थिक, सामाजिक, सांँस्कृतिक विकास र उत्पादनशील कार्यमा जोड दिनु हुन्छ ।
नेपालमा ब्यवसायिक राजनीति मौलाउँदै गएको अवस्थामा जीवनका लागि अन्य व्यवसायिक काम गर्नु पर्ने र राजनीतिलाई सामाजिक कामका रुपमा लिनु पर्ने युवा नेता बोगटी बताउनु हुन्छ । समाजमा आइ परेका पूर्वाधार विकास, सामाजिक कार्य, युवा स्वरोजगार, विद्यालय, मठमन्दिर, पानी, बाटो, वनलगायतका स्थानीयले गरेका माग अनुसार बिहानदेखि बेलुकीसम्म र कतिपय अवस्थामा रातको समयमा समेत स्थानीयको अनुरोध स्वीकार्दै उहाँको उपस्थिति हुने गरेको छ । युवा नेता बोगटी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालिका वडा नं. ९ को वडा अध्यक्षका प्रत्यासी समेत हुनु हुन्थ्यो ।

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा महामलक्ष्मी नगर सभापतिका प्रत्यासी बोगटी स्थानीय तहको पुर्नसंरचनाका क्रममा नगरपालिका बनाउने र नामाकरण गर्नुपर्छ भन्ने क्रमका महामलक्ष्मी नगरपालिका नामाकरण गर्नुपर्छ भन्ने प्रस्तावककारुपमा समेत परिचित भएको सरोकारवालाहरु बताउछन् । बिगतको अनुभवबाट थप काम गर्न सकिने धारणा बनाउनु भइ आसन्न १४ औँ महाधिवेशनमा ललितपुर क्षेत्र नं. २, प्रदेश (क)को सभापतिको उम्मेद्वारी घोषणा गर्नु भएका बोगटी आपूm निर्वाचित भएर नेपाली काँग्रेसलाई सफल र सक्षम पार्टीकारुपमा विकास गरी आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहका सबै ठाउँमा काँग्रेसलाई विजयी गराइ समुदायको विकास र समृद्धिका लागि टेवा पुर्याउने बताउनु हुन्छ ।
दिगो खबर समाचारदाता
ललितपुर, २०७८ कार्तिक ५ गते शुक्रबार