Sunday, March 7

ललितपुरका व्यवसायीलाई चुनावी सरगर्मीः न्याछयों समूह बलियो भएको दावी

Spread the love

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा जिल्लामा रहेका व्यवसायी चुनाव केन्द्रित हुन थालेका छन् । आसन्न निर्वाचनका लागि मनोजबहादुर न्याछ्यों र भरतलाल जोशी नेतृत्वका दुई समुह प्रतिस्पर्धामा उत्रिएका छन् । न्याछ्योको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य र उपाध्यक्षहरु उद्योग तर्फबाट सुसन महर्जन, वाणिज्य तर्फबाट नारायण गोपाल श्रेष्ठ, संस्थागत तर्फबाट वीरेन्द्रलाल श्रेष्ठको उम्मेवारी परेको छ । महासचिवमा रुपकमान महर्जन र सन्देश महर्जनको उम्मेदवारी परेको छ ।

म व्यापारमा नै तल्लिन मानिस हुँ, आफ्नै वासलात पल्टाउँछु, व्यापार गर्नेले इमानमा बसेर आफनो व्यवसाय सोच्ने हो, आफ्नो लगानी सुरक्षित गर्ने हो, संस्थामा लागे पछि सबैको हित खोज्ने हो, त्यसको लागि म निर्विकल्प उम्मेदवार हुँ  : न्याछ्यों

उनीहरु क्रमशः न्याछ्यों र प्रधान समुहका हुन । कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सविनलाल प्रधानले न्याछ्यों र सचेन्द्रराज जोशीले प्रधान समुहबाट उम्मेदवारी दिएका छन् । यता कार्यसमिति सदस्यमा उद्योगतर्फबाट १२ जना र वाणिज्यतर्फ १३ जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फबाट ६ जना, वाणिज्य तर्फबाट ७ जना, संस्थागत र एशोसिएट तर्फबाट एक एक जना चुनिने व्यवस्था छ । संस्थागत क्षेत्रबाट पूर्ण बहादुर महर्जन र एशोसिएट क्षेत्रबाट नवीनमान श्रेष्ठको उम्मेदवारी परेको छ ।

संघको उपाध्यक्षमा उद्योग, वाणिज्य, संस्थागत र एशोसिएटतर्फबाट चार जना रहने व्यवस्था छ । यद्यपी उपाध्यक्ष (एशोसिएट) का लागि कम्तीमा ५० वटा एशोसिएट सदस्य पुग्नुपर्ने हुन्छ । संघमा सो संख्या नपुगेको हुँदा सो पद रिक्त रहने छ । न्याछ्यों र जोशी समुहका आ आफ्नै एजेण्डा छन् ।का बलिया उम्मेदवारका रुपमा मनोज न्याछ्योंलाई हेरिएको छ । ‘इमान्दारिता, पारदर्शिता, दुरदर्शिताः उद्योगी व्यवसायीहरुको हकहित हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित उनको समुह चुनावी मैदानमा उत्रिएको छ । आफ्नै कार्यकालमा पूरा हुन सक्ने र सबै व्यवसायीहरुलाई एकताबद्ध गर्दै लैजान सकिने एजेण्डाहरु मात्रै आफूले उठान गरेको र ती आफ्ना सबै एजेण्डाहरु पूरा गरेरै छोड्ने न्याछ्योंले राख्दै आएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघमा करिब २ दशक देखि विभिन्न भूमिका निर्वाह गर्दै हाल न्याछ्योें ललितपुर क्षेत्रको व्यावसायिक वातावरणलाई नजिकबाट बुझेका मानिन्छन् ।

‘म व्यापारमा नै तल्लिन मानिस हुँ, आफ्नै वासलात पल्टाउँछु, व्यापार गर्नेले इमानमा बसेर आफनो व्यवसाय सोच्ने हो, आफ्नो लगानी सुरक्षित गर्ने हो, संस्थामा लागे पछि सबैको हित खोज्ने हो, त्यसको लागि म निर्विकल्प उम्मेदवार हुँ भन्ने मेरो दाबी छ’ न्याछ्योंले भने । करिब २ दशकको आफ्नो व्यावसायिक यात्राको दौरानका क्रममा २ कार्यकाल संघमा कार्यसमिति सदस्य, १ कार्यकाल कोषाध्यक्ष र १ कार्यकाल महासचिवको जिम्मेवारी वहन गरिसकेका छन् । संघको निर्वाचन यहि पुस १८ गते पाटनमा हुँदैछ । बिहान ८ देखि दिउँसो ३ बजेसम्म भोट हाल्न पाइने छ । संघ अन्तर्गत एक हजार ३ सय २० जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *