Sunday, March 7

उद्योग वाणिज्य संघमा चुनाव जित्ने आधार रहेको जोशीको दाबी

Spread the love

दिगो समाचारदाता
ललितपुर, १६ पुस २०७७
ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनु भएको छ ।
अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी २०७७ पुस १७ र १८ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिनु भएको हो ।
शुक्रबार संघको ४१ औैं वार्षिक साधारण सभा उद्घाटन र शनिबार निर्वाचन हुँदैछ ।

शनिबार हुने निर्वाचनमा जोशी प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । जोशीले आफ्नो घोषणापत्रमा २०५३ सालमा कार्यसमिति सदस्यका रुपमा काम गर्नुभएका जोशीले काम गर्ने क्रममा कोषाध्यक्ष, महासचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ । आफ्नो अनुभव, कार्यसम्पादन नैै चुनावी परिणाम आफ्नो पोल्टामा पर्ने बलियो आधार रहेको जोशीको भनाई छ । ‘आम व्यवसायीहरुको पीर, मर्का मैले बुझेको छु । त्यसको समाधान गर्ने योजना र इच्छाशक्ति म मा छ । यसलाई आम व्यवसायीले मुल्याकंन गर्ने विश्वास लिएको छु । ’ जोशीले भन्नुभयो ।
जिल्लाको निजी क्षेत्रको एक र साझा संगठनको रुपमा संघलाई बलियो बनाईराख्न आपूmले उम्मेदवारी दिएको जोशीले बताउनुभयो । ‘जिल्लामा करिब ५० हजार व्यवसायीहरु छन् । सदस्यता लिनेको संख्या दुई हजारको हाराहारीमा मात्र छ । त्यसैले सदस्यता बढाउन पुरै खटिने छु ।’ जोशीले भन्नु भयो ।

आफ्नो व्यक्तित्व, योग्यता र काम गरेको आधारमा सदस्यहरुले आफूलाई नेतृत्वमा चुनिने जोशीको विश्वास रहेको छ ।
पछिल्लो पटक राज्यले गर्ने अनुगमन र नियमनको नाउँमा व्यवसायीहरु पीडित रहेको बताउँदै जोशीले आफू अध्यक्षमा निर्वाचित भएमा राज्यका निकाय र व्यवसायीहरुसंग मिलेर समाधान खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
५३ वर्ष लामो इतिहास भएको संस्थालाई हाँक्न, समयक्रमसंगै उत्पन्न चुनौैतीलाई चिरेर अघि बढ्न युवा व्यवसायीहरु आवश्यक पर्ने बताउँदै जोशीले आफ्नो प्यानलमा समावेशी, स्थान, युवावर्ग, महिला र विविध क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्व हिसाबले पनि महत्वपूर्ण रहेको धारणा राख्नुभयो । आफ्नो टिममा अनुभवी पुरा व्यवसायीहरुसंग नयाँ व्यवसायीहरुलाई पनि समावेशी गरिएको जोशीको भनाई रहेको छ ।
जोशीको प्यानलमा वरिष्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ अमिरराज ताम्रकार, उपाध्यक्ष वाणिज्यतर्फ उसन बज्राचार्य, महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशी रहनुभएको छ । त्यसैगरी उद्योगतर्फबाट कार्यसमिति सदस्यहरुको लागि आपुलाल अवाले, कृष्ण श्रेष्ठ , गुणकेशरी ताम्रकार, राजु महर्जन, सजना श्रेष्ठ सुनील शाक्य ‘ हान्ताई ’ले जोशीको प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी वाणिज्य तर्फ कार्यसमितिका सदस्यको लागि अनिल महर्जन, कृष्णप्रसाद सापकोटा, टेकरत्न बज्राचार्य, विमला शाक्य, रुपेन्द्रराज शाक्य, शम्भुप्रसाद बराही, सागर महर्जन र संस्थागत क्षेत्रबाट पूर्णबहादुर महर्जनले उम्मेदवारी दिनुभएको छ । योग्यता , क्षमता र क्रियाशीलताका हिसाबले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने अत्यधिक सम्भावना रहेको जोशी प्यानलका पदाधिकारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *