Sunday, March 7

नागरिक समाज तथा स्थानीय च्याम्पियनहरु बीच छलफल

Spread the love

दीपकप्रसाद घिमिरे
ललितपुर २०७७ कार्तिक २० गते, बिहिबार

स्थानीय तहमा कोभिड १९ ले पारेको असरका बारेमा नागरिक समाजले चासो व्यक्त गरेको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल –इह्रिकनद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत ललितपुर जिल्लाका नागरिक समाज तथा च्याम्पियनहरु बीचको अन्तरक्रिया कार्यक्रममा व्यक्त भएको हो ।

भर्चुअल रुपमा कार्तिक १९ गते सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय मुद्धाहरुका सवालमा जोड दिइएको इह्रिकनले जानकारी दिएको छ ।
अन्तरक्रियामा नीतिगत व्यवस्था तथा नागरिक समाज र सञ्चार जगतसँग सहकार्यमा जोड दिइएको इह्रिकनका कार्यक्रम संयोजक पंकज देबकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय तहका समस्यालाई उजागर गर्नका लागि नागरिक समाजले के कस्तो पहलकदमी गर्न जरुरीे छ भन्ने बारेमा छलफल भएको गैरसरकारी संस्था महासंघ ललितपुरका कोषाध्यक्ष एवम् हेड कोलिसन ललितपुरका संयोजक नन्दा ताम्राकारले बताउनु भयो ।


कार्यक्रममा स्थानीय गैर सरकारी संस्थाका प्रतिनिधिहरु, गैर सरकारी संस्था महासंघका प्रतिनिधि, पत्रकार र स्थानीय सामाजिक परिचालिका लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नन्दा ताम्राकारले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण इह्रिकनका कार्यक्रम संयोजक पंकज देबकोटाले गर्नु भएको थियो ।
कार्यक्रममा जिल्लाका च्याम्पियनहरुसँंग पारस्परिक जबाफदेहिता परियोजनाको समयाबधि तथा परियोजनाले अब गर्नुपर्ने क्रियाकलापहरुको बारेमा जानकारी दिइएको कार्यक्रमका सहभागीहरुले बताए ।


नहुँदा स्वास्थ्य संस्थाका प्रतिनिधि राधा ज्ञवालीका अनुसार नागरिक समाज तथा मिडियाको भूमिका प्रर्बद्धन गर्नका लागि सुझाव संकलन गर्ने कार्यक्रम बारे छलफल भएको थियो । अन्तरक्रियामा आगामी कार्यक्रमको बारेमा निर्णय भएको बताइएको छ ।


छलफलमा जिल्ला कोलिसन बैठकको मिति तय गर्ने र संस्थागत क्षमता विष्लेषणको सिफारिस रणनीति बारे सुझाव सङ्कलन गरिएको आयोजकले जनाएको छ । इह्रिकनले नागरिक समाजको एकीकृत भूमिका र स्थानीय तहहरुसँग स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनका सवालमा काम गर्दै आएको अधिकारकर्मीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *