Sunday, March 7

समानुपातिक साकोसको १३ आँैं साधारण सभा

Spread the love

पूर्णबहादुर महर्जन
दिगो खबर, ललितपुर, २५ असोज २०७७, आइतबार

ललितपुर महानगरपालिका–२४, धापाखेलस्थित समानुपातिक बचत तथा ऋण सहकारी संस्थाको १३ आँैं वार्षिक साधारणसभा असोज २५ गते आइतबारदेखि सुरु भएको छ ।

यही कार्तिक ५ गतेसम्म सञ्चालन हुने सभामा सरकारले जारी गरेका मापदण्ड र स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा जोड दिइने संथाका अध्यक्ष बेदनाथ दाहालले जानकारी दिनुभयो ।
कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै १० दिनसम्म साधारणसभा गर्न लागेको संस्थाले जनाएको छ । साधारणसभाको एक समारोहकाबीच संस्थाका अध्यक्ष बेदनाथ दाहालले उद्घाटन गर्नुभयो । उहाँले सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम प्राथमिकतामा रहेको बताउनु भयो ।

अध्यक्ष दाहालले सहकारीलाई यस अवस्थासम्म ल्याइ पु¥याउने सबै प्रति आभार व्यक्त गर्दै शेयर सदस्यहरूको विश्वासलाई आगामी दिनमा अझै बलियो बनाउने गरी क्रियाशील हुने बताउनुभयो । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम संस्थाको कार्यालयमै गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

वि.सं. २०६३ सालमा स्थापना भई २०६४ साल जेठदेखि आप्mनो कारोबारका माध्यमबाट समृद्ध व्यक्ति, उनीहरूका परिवारको जीवनस्तर र जीवन शैलीमा सकरात्मक परिर्वतन ल्याउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सदस्यहरुको सीप, अवसर र जाँगरको सही प्रयोग गर्दै स्वावलम्बी र उद्यमशील बनाउने क्रममा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका उपाध्यक्ष मच्छिन्द्र सञ्जेलले बताउनु भयो ।
सहकार्यका लागि सहकारी भन्ने दृष्टिकोणले अगाडि बढिरहेको संस्थामा हरेक सदस्यको समान सहभागिताको अवधारणा रहेको संस्थाका सचिव कृष्णप्रसाद घिमिरेले बताउनु भयो । संस्थामा २०७७ असार मसान्तसम्ममा ५ सय ८३ जना शेयर सदस्य आबद्ध भएको संस्थाका कोषाध्यक्ष दीपकप्रसाद घिमिरेले बताउनु भयो । कोषाध्यक्ष घिमिरेले संस्थाले ६ करोड ३९ लाख ९३ हजार १ सय ६२ रुपैयाँ ४४ पैसाको वासलातको आधारमा कारोबार गरेको जानकारी गराउन भयो ।
संस्थाले अघिल्लो वर्षको तुलनामा एक करोड ७९ लाख ६६ हजार ९ सय ९८ रुपैयाँ ७५ पैसा बढिको कारोबार गरेको छ । संस्थाको कारोवार अंक र यसले गरेको नाफा अपेक्षाकृत रुपमा राम्रो रहेको तथ्याङ्कले देखाएको शेयर सदस्यहरुले बताए । यति हुँदाहुँदै पनि संस्थाको आगामी नीति नियमहरू प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्नु आवश्यक र हुने लेखा सुपरिवेक्षण समिति संयोजक मुकुन्द बजगाई बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *