Tuesday, August 3

प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदानले संस्थागत विकास र सामुदायिक हितमा मद्धत पुग्ने

Spread the love

दीपकप्रसाद घिमिरे
ललितपुर, २०७७ भदौ २८ गते ।
प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदानले संस्थागत विकास र सामुदायिक हितमा मद्धत पुग्ने बताएका छन् ।


मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)को समन्वय र गैरसरकारी संस्था महासंघ नेपाल ललितपुरको आयोजनामा २०७७ भदौ २८ गते आयोजित पारस्पारिक जवाफदेहिता परियोजना ललितपुर अन्तर्गतको प्रभावकारी अभ्यास तथा सिकाइ आदान प्रदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन ।


कार्यक्रममा गैरसरकारी संस्था महासंघ ललितपुरका अध्यक्ष टिकाराम दाहालले कोभिड १९ को संक्रमण फैलन नदिनका लागि सामाजिक दुरी कायम गर्दै सरोकारवाला निकायसँग निरन्तर छलफल गर्दै जानु पर्नेमा जोड दिनु भयो ।
उहाँले सरकारले ल्याउन लागेको सामाजिक विकास ऐनले नागरिक संस्थाहरुलाई एकीकृत रुपमा सेवा गर्न मद्धत पुग्ने विसाव गर्नु भयो ।


गैरसरकारी संस्था महासंघ ललितपुरका पूर्व अध्यक्ष एवम् रिकोडका कार्यकारी निर्देशक रामहरि घिमिरेले नागरिक संस्थाहरुलाई कोभिड १९ का कारण समुदायमा प्रत्यक्ष सेवा गर्न चुनौती थपिएको स्मरण गर्दै कोभिड १९ ले स्वास्थ्य क्षेत्रमा काम गर्नु पर्ने पर्ने खाँचो देखाएको बताउनु भयो । उहाँले रिकोडले बिगतदेखि नै समुदायमा स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा सेवा गर्दै आएको जानकारी दिनुभयो ।


मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)का अध्यक्ष मिना शर्माले संस्थाहरुको कार्यशैली र गतिविधिका बारेमा आदान प्रदान गर्दा आगामी दिनमा योजना निर्माण र कार्यान्वयनमा टेवा पुग्ने बताउनु भयो ।
उहाँले नागरिक संस्थाहरुको हैसियतपूर्ण उपस्थितिका लागि तीन वटै तहका सरकारसँग समन्वय गरी काम गर्ने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनु भयो ।
सल्भ नेपालका कार्यकारी निर्देशक राजृन्द्र बहादुर प्रधानले समुदायमा महिलाहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकास रुपान्तरणका लागि वि.संं.२०४६ साल कार्तिक ९ गतेदेखि सेवा गर्दै आएको स्मरण गर्दै ३५ जिल्लाका महिलाहरुलाई आयआर्जन, सहकारीमार्पmत गरिबी निवारण र वातावरण संरक्षणका साथै खानेपानीका क्षेत्रमा काम गरेको स्मरण गर्नुभयो ।
उहाँले अहिलेको अवस्थामा समुदायको चाहाना बढ्नु र दातृ निकायलाई कोभिड १९ ले असर गर्नुले सेवा सञ्चालनका लागि चुनौती थपिएको बताउनु भयो ।
टिचफर नेपालका प्रमुख कृष्ण कुमार के.सी.ले शिक्षाबाट कक्षाकोठामा नेतृत्व, समुदायमा नेतृत्व गर्ने वातावरण सिर्जना गरेको बताउनु भयो । उहाँले शिक्षक नेताहरू, स्कूल नेताहरू, समुदाय नेताहरू, नीति र राजनीतिक नेताहरू, व्यवसाय नेताहरू र सामाजिक नेताहरूले नै शिक्षाको विकासमा मद्धत गर्नु पर्नेमा जोड दिनुभयो ।
कोभिड १९ को असरबाट विद्यार्थीहरुलाई असर परिरहेको अहिलेको अवस्थामा विद्यार्थीलाई फोन कल, एसएमएस, एफबी, मेसेन्जर, यु ट्यूब, भाइबरलगायतका माध्यमद्वारा सहयोग गर्न सकिने बताउनु भयो ।
के.सी.ले विद्यार्थी र समुदायलाई कोभिड जागरूकताका लागि भर्चुअल प्रशिक्षण, हात धुने र सरसफाई प्रशिक्षण, मनोसामाजिक र परामर्श प्रशिक्षण दिनु पर्ने खाँचो औँल्याउनु भयो ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)का कार्यक्रम संयोजक पंकजराज देवकोटाले आप्mनो संस्थाले मानव अधिकारको सुनिश्चितता, लैङ्गिक विभेदमुक्त, हिंसारहित, आर्थिक रुपले सबल एवम् आत्मनिर्भर तथा सम्मानपूर्वक जीवनयापन गरेको समाजको परिकल्पना गरेको जानकारी दिनु भयो ।
संस्थाले नीति निमार्ण र नीतिगत परिमार्जन कार्यक्रम, संस्थागत अभिमूखिकरण प्याकेज निमार्ण र कर्मचारिलाइ अभिमूखिकरणलगायतका कार्यक्रम गरेको बताउनु भयो । उहाँले इह्रिकनको पहलमा संस्थागत वार्षिक भौतिक परिक्षण गर्नुका साथै सार्वजनिक निकायले सूचना अधिकारीको ब्यवस्था गरेका उदाहरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा फ्रेण्डस सर्भिस काउन्सिलका प्रोग्राम कोअडिनेटर सुजित गौतमले बिपद् व्यवस्थापन सम्बन्धी काम गर्दै आएको संस्थाले मुदायलाई तालिम, क्षमता विकास, पुस्ता हस्तान्तरण लगायतका कार्य गरेको जानकारी दिनुभयो । उहाँले समुदायलाई दिगो विकास लक्ष्यमा मद्धत गर्दै जाने क्रममा समुदायको माग अनुसारका परियोजनामा दातृ निकायसँग सहकार्य गर्ने क्रममा कोभिड ९ का कारण समुदायको माग अनुसार दातृ निकायको सहयोगमा कमी हुने अनुमान गर्नु भयो ।
बासुकी नाग मन्दिर विकास संस्थाका कोषाध्क्ष नरेश कुमार श्रेष्ठले ज्येष्ठ नागरिकहरुको सेवामा सरकार र समुदायको सहयोगको खाँचो औँल्याउनु भयो । उहाँले ज्येष्ठ नागरिक अनुभव र इतिहासका स्रोत भएकोे उीहरुलाई दिउँको समयमा टोलका कुनै सार्वजनिक स्थलमा भेटघाट गरी आपसी छलफल र नयाँ पुस्तालाई मार्ग निर्देश गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।
कोन्ज्योसोम गाउँपालिका पशु सेवा शाखाका प्राविधिक रीता कार्कीले कोभिड १९ का कारण पशु पन्छी धनको रक्षामा चुनौती थपिएको उल्लेख गर्दै कृषि र पशुपालनबाट नै समुदायको आर्थिक विकास र समृद्धिमा दिगो स्रोत विकास हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *