Tuesday, August 3

परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Spread the love

दीपशिखा घिमिरे
दिगो खबर
२०७७ साउन २९ गते, ललितपुर
/राजनीतिक परिवर्तन र पछिल्लो समय कोभिड १९ का कारण सामाजिक भौतिक दुरी कायम गरी सेवा सञ्चालन गर्नु पर्ने अवस्थासँंगै नागरिक समाजको भूमिका समेत वदलिएको ललितपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले औल्याएका छन ।

मानव अधिकार तथा सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन)ले आयोजना गरेको परिवर्तित सन्दर्भमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका बोल्ने वक्ताहरुले सो कुरा वताएका हुन ।


देशमा राजनतिक परिवर्तन भएको औल्याउदै अब नागरिक समाजले जनताको हक अधिकारको विषयमा वकालत गर्दै राज्यसँंग मिलेर जानु पर्ने एफएचआई थ्रि सिक्टिका प्रतिनिधि भोला भट्टराईको सुझाव थियो । नागरिक समाजको रचनात्मक र आलोचनात्मक सहयोग अझै वढेर गएको भट्टराईको भनाई थियो । उहाँले ललितपुरमा कृषि कर्ममा आकर्षण बढ्नु र घरेलु हिंसा पनि बढ्नुलाई अध्ययन गरी स्थानीय सरकारको ध्यानाकर्षण गर्नु पर्ने खाँचो औँल्याउनु भयो ।
राजनीतिक परिवर्तनसँंगै नागरिक समाजको रुपान्तरण समेत जरुरी रहेको हेड कोलिसन ललितपुरका संयोजक नन्दा ताम्राकारको तर्क थियो । समाजमा मानसिक स्वास्थ्य समस्या बढेको उल्लेख गर्दै बेलैमा यसको समाधान खोज्न सबैको सहकार्यमा जोड दिनुभयो । स्थानीय सरकार प्रति जनताको ठूलो अपेक्षा रहेकाले सो पूरा नभए जनता प्रति ठूलो नैराश्यता आउने खतरा रहेको ताम्राकारको भनाई थियो ।


गैरसरकारी संस्था महासंघका प्रतिनिधि दीपना शर्माले ललितकलाका बारेमा नागरिक समाजले बोल्नु पर्ने खाँचो औँल्याउनु भयो ।
नहुँदा स्वास्थ्य संस्थाका प्रतिनिधि राधा ज्ञावालीले सरकारको शिक्षा नीति स्पष्ट नहुँदा कोभिड १९ बाट प्रभावित अहिलेको अवस्थामा बालबालिकाहरुको भविष्य अन्योलमा परेको बताउनु भयो ।
आमा मिलन केन्द्रका प्रतिनिधि अन्जु के.सी.ले पहिले दैनिक ६ जनाले आत्म हत्या गरिरहेको अवस्थामा हाल १९ जनाले आत्म हत्या गरेका घटनाले समाजमा निरशा बढेको बताउनु भयो ।
गरिवको झुपडी सम्म लोकतन्त्र पुगेको प्रत्याभूती दिन नागरिक समाजले राज्यलाई सहयोग गर्नु पर्ने पत्रकार लक्ष्मण दुलालको तर्क थियो । उहाँले सामाजिक विकाससँगै भूगोलको पहिचानका लागि स्थलगत अध्ययनको खाँचो औँल्याउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा फेडोका प्रतिनिधि सिता माल्बुलले जातीयय छुवाछुतको अवस्था कायमै रहेको अवस्थामा कानून अनुसार व्यवहारिक परिवर्तनका लागि नागरिक समाजको भूमिकाको खाँचो औँल्याउनु भयो ।
कार्यपत्र प्रस्तोता दिगो दृष्टि पत्रिकाका प्रधान सम्पादक एवम् अधिकारर्की दीपकप्रसाद घिमिरेले नागरिक समाजले मध्यस्थताकर्ता एवं जागरुक नागरिकहरूको समूहको भूमिका खेल्ने बताउनु भयो । उहाँले संगठित वा असंगठित रूपमा सक्रिय समूह नै नागरिक समाज भएको उल्लेख गर्दै त्यस्ता संगठित समाजले कुनै निश्चित अवधारणासहित निश्चित समूहको हितको वाणीविहीनको वाणी बोल्ने जनाउनु भयो ।
उहाँले वाणीविहीनका वाणीहरू बोल्ने र लोकतन्त्रलाई सबैको पहुँचमा पु¥याउने काम नागरिक समाजले गर्ने बताउनु भयो । कार्यपत्रमा प्रेसले नागरिक समाजलाई लोकतान्त्रिक बनाउन र लोकतन्त्रको विश्वव्यापी मान्यताका बारेमा जागरुक बनाउने उल्लेख छ । त्यसैले प्रेस लोकतन्त्रलाई सबै नागरिकको पहुँचमा पु¥याउने प्रमुख माध्यम भएकोले प्रेस पनि नागरिक समाजको अभिन्न अंग भएको घिमिरेले बताउनु भयो ।
इह्रिकनका प्रतिनिधि पंकजराज देवकोटाले लोकतन्त्रमा सबैको पहुँच नपुगेको अवस्थामा नागरिकका कुरा ठिक ठाउँमा पु¥याउने र समाजका लागि सरकारलाई, विधायकलाई र न्यायमूर्तिलाई समेत आवश्यक जानकारी उपलब्ध गराउननागरिक समाजको भूमिका हुने बताउनु भयो ।
कार्यक्रममा पत्रकार, नागरिक समाजका प्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम इह्रिकनका अध्यक्ष मिना शर्माले गर्नु भएको थियो । उहाँले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नागरिक समाजले बदलिँदो परिवेशमा खेल्नु पर्ने भूमिका माथि चर्चा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *