Thursday, October 1

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवसमा कोभिड १९ बारे सचेतना जगाइयो

Spread the love

दिगो समाचारदाता
ललितपुर, २०७७ असार २३ गते
नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको स्थापना दिवस मनाइएको छ ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ–२०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको प्रमुख आतिथ्यता, संघका अध्यक्ष पूर्णबहादुर महर्जनको सभाध्यक्षता र संघका सचिव समिल प्रजापतिको सञ्चालनमा सम्पन्न समारोहमा कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको थियो ।

कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक प्रशिक्षण दिनु हुँदै स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलाल


नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ–२०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यले ललितपुरका व्यवसायीहरुले सामाजिक सद्भाव, एकता र भ्रातृत्व, मातृत्व र बन्धुत्वको भावनालाई उदाहरणीयरुपमा व्यवहारमा उतारेको बताउनु भयो । उहाँल पेशागत मर्यादा र व्यवसायिक एकताका लागि ललितपुरका कपडा तथा सिलाइ व्यवसायीहरुबाट अरुले पनि सिक्नु पर्नेमा जोड दिनुभयो ।


स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले २०७७ असार २३ गते कोरोनाको संक्रमणबाट जोगिन जनचेतना फैलाउनु पर्ने बताउनु भयो । समुदायमा कोरोनाविरुद्ध पूर्वतयारी गर्न सबै कपडा तथा सिलाइ व्यवसायीहरुलाई पहल गर्न सुझाव दिनुभयो । उहाँले भन्नु भयो, ‘जनमानसलाई सचेत बनाऔं ।’ उहाँले यथार्थभन्दा त्रास फैलाइसकेका छौं कि भनेर सचेत हुन आग्रह गर्नुभयो । बालबालिका, वृद्धवृद्धा, चिनी रोग, श्वासप्रश्वासका समस्या भएका, क्यान्सर लागेका र उच्च रक्तचापका बिरामीले भीडभाडभन्दा दुई मिटर परै बस्न र साबुनपानीले हात धुन सुझाव दिनुभयो । डा.गेलालले हाछ्युँ गर्दा हातको प्रयोग नगर्न र रुमालले मुख छोप्न सिकाउनु भयो ।
डा. गेलालका अनुसार कोरोना भाइरस दादुराभन्दा कम सर्न सक्छ । कोरोना दुई प्रतिशत जति मात्र सर्न सक्छ । हालसम्मका ९८ प्रतिशत बिरामीमा कोभिड १९ को लक्षण नै नदेखिएको उहाँले बताउनु भयो । ‘सयमा दुई प्रतिशतभन्दा कम मृत्युदर हुन्छ ।’ कोरोना संक्रमितको मिर्गौलाले काम गर्न छाडेपछि मृत्यु हुने उहाँले बताउनु भयो ।

कोरोना भाइरस (कोभिड १९) बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा सचेतनामुलक प्रशिक्षण दिनु हुँदै स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलाल (फोटो फाइलबाट)


एसएमएस बिधि अपनाएमा कोभिड १९ बाट बच्न सजिलो हुने बताउनु भयो । एसएमएस बिधिमा सामाजिक भौतिक दुरी कायम गर्ने, घरबाट बाहिरका व्यक्तिहरुसँग भेट्दा अनिवार्य माक्स लगाउने, साबुनपानीले नियमित हात धुनुका साथै नाक, मुख आँखामा हातले नछुन सुझाव दिनुभयो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यून गर्न देशभर लकडाउन भएको अवस्थामा कपडा तथा सिलाइ व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षाका उपाय बारे व्यवसायी मार्पmत समुदायमा सचेतना जगाउन संघले आग्रह गरेको छ ।
सामाजिक भौतिक दुरी कायम गरी सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सुरक्षाका उपाय बारे विविध जानकारी लिइएको नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरका अध्यक्ष पूर्णबहादुर महर्जनले जारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *