Tuesday, August 11

महालक्ष्मी प्याब्साद्वारा विद्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Spread the love

दिगो समाचारदाता
ललितपुर २०७७ असार १८ गते,
महालक्ष्मी नगर प्याब्सनको आयोजना र पिनाकल कलेज, लगनखेलको सहकार्यमा विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

महालक्ष्मी नगरपालिका भित्र रहेका माध्यमिक तहको पठनपाठन गर्ने संस्थागत विद्यालयहरुलाई असार १८ गते बिहिबार महालक्ष्मी नगरपालिका वडा नं.८ लुभुस्थित नमूना माविको प्राङ्गणमा महालक्ष्मी महालक्ष्मी प्याव्सनका अध्यक्ष के.के. मल्लको सभाध्यक्षता, नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्य र महालक्ष्मी नगर प्याब्सनका उपाध्यक्ष आरबि गिरीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य सामग्री प्रदान गरिएको सचिव एकराज कोइरालाले बताउनु भयो ।
कोभिड १९ बाट संक्रमित यस विषम परिस्थितिमा बाँच र बचाउको नीति अन्तर्गत महालक्ष्मी नगर प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुलाई सामाग्री दिइएको हो ।


विद्यापुञ्ज मावि, वेष्ट विङ मावि, नमूना मावि, अनन्त मावि, वालकुन्ज मावि, चिल्ड्रेन गार्डेन मावि, फ्युचर स्टार्स मावि, हाई भ्यु मावि, होपभ्याली मावि, माउण्ट ओलिभ मावि, कोपिला मावि, नवकुन्ज माविलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्वर्णिम मावि, जेनियुम मावि, हेरिटेज मावि, इनस्राइन मावि, लगायतका विद्यालयहरुलाई महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठ, हिसानका सचिव ऋषि तिवारी, महालक्ष्मी नगरपालिकाका सामाजिक विकास समिति संयोजक विश्वराज श्रेष्ठले स्वास्थ्य सामग्री प्रदान गर्नु भएको हो ।


कार्यक्रममा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेका कोभिड १९ सँग बच्ने मापदण्ड पालना गरी गुणस्तरीय, व्यवहारिक, जीवन उपयोगी र व्यवसायिक शिक्षाको विकास गर्नु पर्नेमा जोड दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *