Thursday, October 1

बागमती गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार

Spread the love

दिगो समाचारदाता
ललितपुर २०७७ असार ९ गते
बागमती गाउँपालिका ललितपुरले आर्थिक वर्ष २०७७÷०७८ को अनुमानित बजेट प्रस्तुत गरेको छ । असार ९ गते गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाले ४२ करोड ५६ लाख ३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको हो ।
बागमती गाऊपालिकाको साताँै गाउँसभामा उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिनाले बजेट पेश गर्नु भएको छ भने गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले बागमती गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नु भयो ।
आगामी आर्थिक वर्ष बागमती गाऊपालिकाले निकै लोकप्रिय कार्यक्रम तय गरेको छ । गाउँपालिकाले पर्यटन विकास कार्यक्रम राडर क्षेत्र पर्यटन विकास कार्यक्रम सञ्चालन जनाएको छ । तिनपाने भन्ज्याङ तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका स्तरिय अस्पताल निर्माण सम्पन्न गर्ने नीति लिएको गाउँपालिकाले बैदेशिक रोजगारबाट फर्केर आउने युवाहरुलाई ब्यबसायमा लाग्नको लागि ब्याज अनुदान कार्यक्रम लागू गर्ने भएको छ ।
चालु आर्थिक वर्षको एकल पुरुष भता गाउँपालिका भबन निर्माण कार्य जस्ता कार्यक्रम आगामी वर्ष पनि सञ्चालन गरिने बागमती गाउँपालिकाका अध्यक्ष बिरबाहदुर लोप्चनले जानकारी दिनु भयो ।
बागमती गाउँपालिकालाई बितिय समानिकरण अनुदान संघिय सरकारबाट ७ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने जानकारी दिइएको थियो ।


बागमती प्रदेश सरकारबाट ९८ लाख ९४ हजार विनियोजन भएको बताइएको छ । शशर्त अनुदान अन्तर्गत संघिय सरकारबाट १९ करोड ५२ लाख र प्रदेश सरकारबाट २ करोड ३२ लाख ७५ हजार विनियोजन भएको बताइएको छ ।
संघीय सरकारबाट राजस्व बाडफाँडबाट ५ करोड १३ लाख रुपियाँ र बागमती प्रदेश सरकारबाट राजस्व बाडफाँड १ करोड ५८ लाख ३४ हजार विनियोजन भएको जनाइएको छ ।
बागमती गाउँपालिकाको आन्तरिक आय ५ करोड ६३ लाख रहेको छ । रजिस्टेशन दस्तुरबाट ५० लाख गरी बागमती गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार रहेको गाउँपालिका अध्यक्ष बिरबहादुर लोप्चनले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *