Tuesday, August 11

महालक्ष्मी प्याब्सनको भर्चुअल अन्तरक्रिया सहयोग र सहकार्यमा जोड

Spread the love

दीपकप्रसाद घिमिरे
ललितपुर, २०७७ जेठ २ २ गते

संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ । ललितपुरस्थित महालक्ष्मी नगर प्याब्सनले २०७७ जेठ २ २ गते बिहिबार आयोजित अन्तरक्रियात्मक प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रमका वक्ताहरुले सो धारणा राखेका हुन ।

जुम प्रविधिबाट आयोजित प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, प्याब्सन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँ, प्याब्सन बागमती प्रदेशका अध्यक्ष थकिन कुमार गुरुङगायतले संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष केके मल्लको सभाध्यक्षता र अग्रज शिक्षासेवी एवम् महालक्ष्मी नगर प्याब्सनका सल्लाहकार गोपालप्रसाद घिमिरेले सञ्चालन गर्नु भएको कार्यक्रम चार घण्टासम्म सञ्चालन भएको महालक्ष्मी नगर प्याब्सनले जानकारी दिएको छ ।
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले निजी, सामुदायिक र गुठिबाट सञ्चालित विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको विकाससँगै उनीहरुको सर्वाङ्गिण विकासका लागि तीनवटै क्षेत्रका शिक्षकहरुसँगको संयुक्त छलफलबाट नीति तय गरी अघि बढेको चर्चा गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले बेरोजगारहरुको संख्या बढ्दै गएकोले सिटिभिटिबाट स्वीकृति लिएर सामुदायिक विद्यालयहरुमा सीपमुलक शिक्षाको विकास गरिरहेको उल्लेख गर्दै निजी विद्यालयहरुको ज्ञान आदान प्रदान गर्न सहकार्यको विकास गरेको बताउनु भयो ।
उहाँले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको पारिश्रमिक चौमासिक निकासा गर्ने पद्धतीलाई मासिरुपमा उपलब्ध गराउने प्रक्रियाको विकास गरेको स्मरण गर्नुभयो ।
कोभिड १९ का कारण शिक्षक कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन अप्ठेरोमा परेका निजी विद्यालयहरुले राखेको ५० प्रतिशत धरौटी रकमलाई सापटी लिइ पारिश्रमिक दिन सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।
नगरप्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकाले त्रैमासिक परीक्षाको विकास गरी निजी र सामुदायिक विद्यालयबीचको शिक्षामा एकरुपता ल्याएको उल्लेख गर्दै शिक्षकको तजबिजि अधिकार नभइ सबै विद्यालयमा विद्यार्थीको प्रयोगात्मक शिक्षाको विकास गरेको बताउनु भयो ।
उहाँले सबै किसिमका विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई प्रयोगात्मक कार्य दिइ त्यसबाट प्राप्त उपलब्धीका आधारमा विद्यार्थीहरु मानसिक तथा शारीरिकरुपमा तन्दुरुस्त रहनका लागि मद्धत पुग्ने विश्वास गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले सामुदायिक र संस्थागत विद्यालयहरु बीच अन्तरक्रिया गरी विद्यार्थीहरुको मानसिकता र सिर्जनात्मक क्षमता विकास गर्न महालक्ष्मी नगर प्याब्सनले राष्ट्रव्यापी शैक्षिक बहस गरेकोमा कृतज्ञता ज्ञापन गर्नुभयो ।
उहाँले मेयरसँग विद्यार्थी कार्यक्रम, अंग्रेजी हिज्जे, हाजिरी जवाफ, राष्ट्रपती रनिङ शिल्ड कार्यक्रमलगायतका सिर्जनात्मक क्रियाकलाप अघि बढाएको जानकारी दिँदै शिक्षक, विद्यार्थी र अभिभावकहरुको मनोबल बढाएर कोभिड १९ को महामारीका बीचमा पठनपाठन अघि बढाउन सक्नेमा जोड दिनुभयो ।
महालक्ष्मी नगरपालिकाले स्थानीय संस्कृतिको पहिचान सहितको स्थानीय पाठ्यक्रम विकास गरी यस वर्षदेखि लागू गर्ने तयारीमा रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा अप्नाएर शैक्षिक क्रियाकलापका लागि विाद्याथर््ीहरुले मोबाइलमा भएका एपमार्पmत शैक्षिक र जीवन उपयोगी आवश्यक ज्ञान आर्जन गर्न सक्नु पर्ने बताउनु भयो ।


प्याव्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजेन्द्र बाँनियाले सामुदायिक र ंसस्थागत साझेदारी कार्यक्रमका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै नेपाल सरकारले लिएको पछिल्ला नीतिलाई कार्यान्वयन गर्न सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । उहाँले यस शैक्षिक सत्रको पढाइलाई अगाडि बनाउन गरिने क्रियाकलाप सहित जानकारी गराउनु भएको थियो ।
प्याव्सनका बागमती प्रदेश अध्यक्ष थकिन कुमार गुरुङले अनलाइन कक्षामा स्लाइडको प्रभावकारी प्रयोग कसरी गर्ने भन्ने विय्षयमा चर्चा गर्नु भएको सिथयो । उहाँले शैक्षिक नेतृत्वले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने स्पष्ट पार्दै प्याव्सनले पछिल्लो समय गरेका निर्णयका सम्बन्धमा आफ्नो प्रस्तुति दिनु भएको थियो ।
अध्यक्ष गुरुङले लकडाउनको अवधी तथा लकडाउन पश्चात शैक्षिक नेतृत्वको भूमिकाका बारेमा जानकारी दिनु भएको थियो ।
पर्सनल मास्टरी नेपालका जीवन प्रशिक्षक आर.के. ढुंगानाले हरेक काम सुरु गर्नु पहिले असजिलो हुने स्मरण गर्दै बालबालिकाहरुलाई भर्चुअल कक्षाका बारेमा सिकाउँदै प्रविधिमैत्री शिक्षा र प्रयोगमा अघि बढाउनु पर्ने खाँचो औँल्याउनु भयो ।
उहाँले हामी सबैले मानसिकरुपमा प्रविधिको पहुँच र त्यसको प्रयोगको विकासका लागि तयारी गर्नु पर्ने स्मरण गर्दै बालबालिकाहरुलाई क्षमता विकास गरी विश्वास जगाउनु पर्ने खाँचो औँलयाउनु भयो ।
प्रशिक्षक ढुंगानाले कोभिड १९ सम्बन्धी पूर्व साबधानी अप्नाउनु पर्ने खाँचखो औँल्याउदै व्यक्ति, संस्था र समुदाय मिलेर बालबालिकाहरुलाई प्रविधिमैत्री बानी विकास गर्ने तर जिजिटल एडिक्सनबाट सचेत राख्नु पर्नेमा जोड दिनुभयो ।
शिक्षकलाई सवलीकरण, अभिभावक अभिमुखीकरण र विद्यार्थीलाई उत्प्रेरित गर्दै सिकाइ प्रक्रिया अगाडि बढाउनुपर्ने खाँचो औँल्याउनु भएको थियो । अहिलेको अवस्थामा मनोसामाजिक परामर्शलाई जोड दिनुपर्ने उल्लेख गर्दै सरकार, सामुदायिक विद्यालय र निजी विद्यालयवीचमा सहकार्यका माध्यमबाट कोरोना संकटलाई सँगसँगै सामना गर्नुपर्नेमा जोड दिनुभयो ।


प्याब्सन ललितपुरका अध्यक्ष राधेकृष्ण महर्जनले प्याब्सन महालक्ष्मी नगरसमितिले सामुदायिक र संस्थागत विद्यालय बीचको नीतिगत रुपमा सहयोग र सहकार्यबाट अघि बढ्ने वातावरण विकास गरेको चर्चा गर्नुभयो ।
उहाँले भर्चुअल कक्षा सञ्चालनका लागि वाईफाईका कारण विद्यार्थीहरु कक्षामा बस्न नसकेको गुनासो आएको स्मरण गर्दै स्थानीय तहहरुले चोक चोक र सार्वजनिक स्थलहरुमा पूर्ण क्षमता सहितको फ्रि वाईफाईको व्यवस्था गर्नु पर्ने खाँचो औँल्याउनु भयो ।
महालक्ष्मी नगरपालिका शिक्षा शाखा प्रमुख रामबाबु सुवेदीले शैक्षिक क्षेत्रमा देखिएका दुई किसिमका बहसहरुले चर्चा पाइरहेको अवस्थामा महालक्ष्मी नगरपालिकाबाट सबैले पाठ सिक्ने वातावरण रहेको चर्चा गर्नुभयो । एकातिर सामुदायिक र संस्थागत विद्यालय बिचको अन्तर बिरोध रहेको अवस्थामा महालग्क्ष्मी नगरपालिकाले शिक्षा ऐन, नियमावली र कार्यविधि बनाएर संस्थागत र सामुदायिक विद्यालय बीच साझा छलफल गरेर अघि बढेको बताउनु भयो ।
उहाँले देशमा अहिलेसम्म प्रशासनिक बहस भइरहेकोले अबका दिनहरुमा प्राविधिक शिक्षाको सहकार्यमा बहस गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरका अध्यक्ष सुरेन्द्रकुमार घिमिरेले लकडाउनको अवधीमा नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरले १० दिने आइसीटी तालिम सञ्चालन गरेको स्मरण गर्दै त्यो कक्षामा शिक्षकहरुलाई प्रविधिसँग सक्षम बनाउन सिप सिकाईएको जानकारी दिनुभयो ।
उहाँले अहिलेको अवस्थामा कति विद्यार्थीहरु कस्तो प्रविधिको पहुँचमा छन् भनेर जानकारी लिइ शिक्षकहरुको आपसी सहयोग र सहकार्यबाट अघि बढ्न शिक्षक संगठन अघि बढेको बताउनु भयो ।
लिडरसिप लर्निङ कम्युनिटि नेपालका संयोजक एवम् सिस्नेरी माविका प्रधानाध्यापक चेतनाथ पन्तले महालक्ष्मी नगरप्रमुख रामेश्वर श्रेष्ठले संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्यको वातावरण सिर्जना गरेको चर्चा गर्नु भयो । उहाँले कोभिड १९ बाट सङ्क्रमण बढेमा त्यसको जोखिम कसले लिने भन्ने प्रश्न उठेको बताउनु भयो ।
ललितपुरको एउटा विद्यालयले फागुनदेखि विद्यालयमा कार्यरत शिक्षकहरुलाई ल्याप्टप उपलब्ध गराएको र आकस्मिक सेवामा कसरी अघि बढ्ने भन्ने बारेमा अभिभावकहरुले समेत मोबाइल र ल्याप्टप व्यवस्थापन गरेको चर्चा गर्नु भयो ।
उहाँले महालक्ष्मी नगरपालिकामा रहेको एउटा सामुदायिक विद्यालयका ३५ प्रतिशत विद्यार्थीहरुका बीचमा मात्र मोबाइल र ल्याप्टप व्यवस्थापन भएकोले त्यसका लागि सहकार्य हुनु पर्ने खाँचो औँल्याउनु भयो ।
एकअर्कामा सहयोग र सहकार्यबाट मात्र अघि बढ्न सकिने भएकोले समुदायलाई सचेतना गराएर भर्चुअल प्रविधि चलाउनु पर्ने अवसर सिर्जना भएको बताउनु भयो ।
अभिभावक संघका अध्यक्ष केशव पुरीले विद्यार्थीहरुलाई विद्यालयमा पठाउने कि नपठाउने भन्ने अभिभावकहरुमा द्विविधा सिर्जना गरेको स्मरण गर्दै अभिभावकहरु बालबालिकाहरुलाई सकुशल राख्न सके भविष्यमा पढ्न सक्ने पक्षमा रहेको बताउनु भयो ।
उहाँले भर्चुअल कक्षा सञ्चालनका लागि सुविधासम्पन्न ठाउँमा बसेर देशका सबैठाउँलाई आँकलन गर्न नसकिने बताउनु भयो । अध्यक्ष पुरीले सुविधा भएका ठाउँमा त ३५ प्रतिशत बालबालिकाहरुको पहुँच रहेको इन्टरनेट सुविधाले सबैका लागि अनलाइन शिक्षाका लागि सरकारको संघ, प्रदेश र स्थानीय सरकारको साझा धारणासहित तयारीमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले अभिभावकहरुलाई बालबालिका भर्ना गर्न र कितावलगायत सामाग्री जोहो गर्न विद्यालयहरुले दवाव दिएको प्रति ध्यानाकर्षण गर्दै संघीय सरकारको स्पष्ट र ठोस धारणा आउनु पर्ने खाँचो औँल्याउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *