Tuesday, August 11

महालक्ष्मी प्याब्सनले भर्चुअल अन्तरक्रिया गर्दै

Spread the love

दिगो समाचारदाता
ललितपुर, २०७७ जेठ २१ गते
ललितपुरस्थित महालक्ष्मी नगर प्याब्सनले २०७७ जेठ २२ गते बिहिबार अपरान्ह ४ बजे अन्तरक्रियात्मक प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । जुम प्रविधिबाट प्रशिक्षण एवम् अभिमुखिकरण कार्यक्रम गर्ने महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष केके मल्लले जानकारी दिनुभयो ।


उहाँले कोरोना महामारीका कारण बदलिएको अवस्थामा सामुदायिक र निजी विद्यालयका नेतृत्व तथा स्थानीय तहको भूमिकाका विषयमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा गर्न लागेको जानकारी दिनुभयो ।
प्रशिक्षणमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँ, प्याब्सन वागमती प्रदेश अध्यक्ष थकिनकुमार गुरुङ, लिडरसिप लर्निङ कम्युनिटी नेपालका संयोजक चेतराज पन्त, पर्सनल माष्टरी नेपालका जीवन प्रशिक्षक आरके ढुगानालगायत रहनु हुने भएको छ ।
प्रशिक्षणमा महालक्ष्मी नगरपालिका नगर शिक्षा प्रमुख रामबन्धु सुवेदी लगायतका बक्ताहरुको आतिथ्य रहने महालक्ष्मी प्याब्सनले जनाएको छ । प्रशिक्षणमा देशैभरबाट निजी, सामुदायिक तथा गुठी लगायतका ५ सय वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहने महालक्ष्मी प्याब्सनले जानकारी दिएको छ
उक्त कार्यक्रममा भाग लिन चाहने व्यक्तिहरुले जुम आइडी नम्बर :435 778 3928 र पासवर्ड mahalaxmi प्रयोग गरी सहभागी हुन पाउने महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष मल्लले जानकारी दिनु भयो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *